Need Help ?
Call: +977- 097541035

जि. शि. अ.

नगेन्द प्रसाद रेग्मी

वर्तमान युग विज्ञान र प्रविधिको युग हो । आज विज्ञान र प्रविधिमा आएको परिवर्तनले संसारको स्वरुपमा नै परिवर्तन गरिदिएको छ । शिक्षा पनि यसबाट अछुतो रहन सक्दैन् । त्यसैले शिक्षा क्षेत्रमा पनि सुचना र सञ्चारको विकास एवं विस्तारसँगै नयाँ नयाद्द चुनौतीहरु  देखा परेका छन् । ती विभिन्न चुनौती तथा समस्याहरुलाई समाधान गर्नका निम्ति शिक्षा क्षेत्रमा यो प्रविधि एक सफल र शसक्त माध्यम बन्न सक्छ भन्ने कुरामा आशा लिएको छु । समयको वेगसँगै नयाँ नयाँ कुरा र प्रविधिमा समायोजन हुन सक्नु आफैमा सजिलो काम नभएपनि मेहनत, परिश्रम र लगनशीलताको कारण असम्भव भन्ने कुरा केही पनि छैन् । लगनशीलता र मेहनेतले समाज र मानिसलाई सशक्त बनाउने हुँदा विकासको मेरुदण्द शिक्षालाई सुचना तथा सञ्चार प्रविधिसँग जोडेर बढी पारदर्शी, उत्तरदायी एवं जनप्रिय बनाउन सक्नु पदर्छ । यही नै आजको सञ्चार युगको माग र आवश्यकता हो ।